डोटीमा सङ्गठन बिस्तारमा जुट्यो विप्लव नेतृत्वको नेकपा
प्रकाश थापा,डोटी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटी सङ्गठन बिस्तारमा जुटेको छ । पुर्बिचौकी गाउँपालिका वडा नं. ५ काडामाण्डौंमा तर्क बोगटीको अध्यक्षता १९ सदस्य वडा कमिटी गठन गरिएको छ ।
नेकपा जिल्ला सेक्रेटरी धु्रब ओलीले अहिलेको दलाल सरकारको हविगतको कारण राष्ट्र खतरामा परेको बताएका छन् । सङ्गठन बिस्तार कार्यक्रममा बोल्दै दार्चुलामा भएको तुइन घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिन नसक्नु र नेपाली आकाशमा खुल्लमखुल्ला भारतले हेलिकोप्टर घुमाइरहँदा पनि नेपाल सरकार मुख दर्शक हुन लज्जाको विषय भएको ओलीले बताएका छन् ।
भेलामा जिल्ला सेक्रेटरी धु्रब ओली ,अतिथिहरू युवा सङ्गठन नेपाल डोटी संयोजक सुशील मलासी, गापा इन्चार्ज शङ्कर साउदको उपस्थिति रहेको थियो ।