केपी शर्मा ओलीले महासचिब बनाए पनि जान्न : दिर्घ सोडारी (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महासचिब बनाए पनि एमाले पार्टीमा सहभागी नहुने पुर्बाधार बिकास मन्त्री दिर्घ सोडारीले बताएका छन । सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारीले आफु नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)का पक्षमा उभिने बताएका हुन । प्रतिगमनका मतियार ओली नसच्चिए कुनै पनि एकता सम्भब नभएको सोडारीले बताए ।
निर्वाचन आयोगको प्रदेश कार्यालयमा सनाखत पछि पत्रकारसंग कुरा गर्दै सोडारीले उक्त कुरा बताएका हुन । समाजवादीको पक्षमा सुदूरपश्चिम प्रदेशमा कम्तीमा १४ जना सांसदले सनाखत गर्ने सोडारीले दाबी गरेका छन् । स्थानीय तहका ९५ प्रतिशत जनप्रतिनिधी आफ्नो पार्टीको पक्षमा उभिने सोडारीको भनाई छ ।

Sayalb

https://www.facebook.com/supamedia01/posts/373960490977943

Shaileshwori
Loading...