डाेटीमा नेकपा (एकीकृत समाजवादी)को पक्षमा तिन जनप्रतिनिधीले गरे सनाखत
मुलुक मसाचार
नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) पक्षमा डोटीको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिबराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरखबहादुर सार्कीले सनाखत गरेका छन् । आफुहरु नेपाल कम्युष्टि पार्टी(एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला कार्यालय सिलगढीमा सनाखत गरेको वडा अध्यक्ष गोरख सार्कीले जानकारी दिएका छन् । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन आयोगको कार्यालयमा पुगेका जनप्रतिनिधीहरुलाई रोक्नका लागी एमालेका नेता कार्यकर्ताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।