अखिल क्रान्तिकारी बोगटान अध्यक्षमा करन बिक


अखिल क्रान्तिकारी बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा करन बिक चयन भएका छन् । बिकको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको छ । कमिटी उपाध्यक्षमा गोबिन्द बोहरा, पुजा बोगटी, गणेश बोहरा, हेमन्त गड्सिला, सिर्जना परियार, सचिब रमेश बोहरा, कोषाध्यक्ष कामना परियार, सह– सचीवमा तेज कुँवर ,मनोज बुढा र अस्मिता गड्सिला रहनु भएको छ ।
अखिल ‘क्रान्तिकारी ’ जिल्ला सचिवालय सदसय कर्ण बोहराको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य डम्बर घर्ती मगर रहनु भएको थियो ।उक्त कार्यक्रम को विशिस्ट अतिथी मा अखिल ‘क्रान्तिकारी ’का नेता गणेश बम तथा पार्टी जिला कमिटी सदस्य शंकर मान सुनार रहनु भएको थियो ।
