डोटीका किसानहरु किबि खेती तर्फ आकर्षित

तेजु ओली/डोटी – सुदुर पश्चिम प्रदेश सरकारकोले ल्याएको कृषि नितिका कारण डोटीका किसानहरु किबि खेती तर्फ आकर्षित हुन थालेका छन । किबि खेतीबाट मनग्य आम्दानी हुन थाले पछि त्यस तर्फ आफुहरुको आकर्षण बढेको किसानहरु बताउछ्न। आठ बर्ष पहिला परिक्षण का लागि साबिकको जिल्ला बिकास कार्यालय डोटी का तत्कालिन कार्यालय प्रमुखले परिक्षणकालागि केहि बोट दिएको अहिले उक्त फल लटरम फलेको स्थानीय हेम मल्ल ले बताउनुभयो।
उत्पादित किबि स्थानीय बजारसँगै कैलाली डडेलधुरा सम्म माग हुने गरेको बताउदै ।अहिले अधिकांश कृषकले किबी खेती गरेका छन् । किसानहरूले अहिले ब्याबसायिक किबि खेती गरेर मनग्य आम्दानी हुने गरेको उहाले बताउनुभयो।

तयार भएका किबि प्रति किलो स्थानीय बजारमा २ सय ५० देखि ३०० मा अन्य जिल्लाका ब्यापारिहरुले अग्रिम उठाउने गरेका कारण स्थानिय बजारमा माग रहेको छ । बजारमाग पनि राम्रो रहेको आफुले पनि किसानको देखेर सुरु गरेको दिपायल सिलगढी नगरपालिका कार्यालय प्रमुख खेमराज गुरुङ ले बताउनुभयो ।
किबि खेतिका लागि डोटी जिल्ला उपयुक्त रहेको र किसानहरुलाई प्रोत्साहन गर्न कृषि बिकास निर्देशनालय ले सहयोग गरेको छ । केहि वर्ष पहिला परिक्षण का लागि सुरु गरेको किबि खेति अहिले प्रसस्त फलेको र सम्भावना पनि राम्रो रहेको कृषि बिकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञ राज जोशिले बताउनुभयो ।
आफु जिल्ला कृषि बिकास कार्यालय को प्रमुख हुदा बाहिरबाट यो क्षेत्र मा यसको सम्भावना को बारेमा अध्ययन का लागि केहि किसानलाइ दिएको अहिले धेरै ले उत्पादन गरेको देख्दा खुसी लागेको उहाँले बताउनुभयो।
