रेडक्रस डोटी शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल रेडक्रस डोटी शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पुर्बिचौकी, आदर्श र केआईसींह गाउँपालिकालाई १/१ थान अक्सिजन कन्सन्ट्रेटर मसिन, २२ वटा उप–शाखाहरूलाई १०००/१००० थान मास्क १५/१५ थान सेनिटाईजर, २/२ थान फेस सिल्ड, २/२ थान गावन, २/२ थान सेप्टी गगल्स, २/२ थान कोभिराल हस्तान्तरण गरिएको नेपाल रेडक्रस डोटी शाखाका कार्यक्रम अधिकृत सुवास श्रेष्ठले जानकारी दिनु भएको छ ।
कोभिड– १९ रोकथाम तथा प्रतिकार्यका लागी रेडक्रस डोटी शाखाले जिल्ला प्रहरी कार्यालय डोटीलाई २ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको छ । सामाग्री जिल्ला रेडक्रस डोटी शाखाका सदस्य लक्ष्मी श्रेष्ठले उप–शाखाहरू र प्रहरीलाई हस्तान्तरण गर्नु भएको हो ।