कारागार कार्यालय डोटीका प्रमुख बोगटी सम्मानित

कारागार कार्यालय डोटीका प्रमुख लालबहादुर बोगटी सम्मानित भएका छन् । निजामती कर्मचारी दिवसको अवसरमा कारागार व्यवस्थापन विभागले प्रशंसनीय कार्य गरेको भन्दै सम्मान गरेको छ ।

कारागार व्यवस्थापन विभागले प्रत्येक वर्ष उत्कृष्ट तथा राम्रो काम गर्ने कर्मचारीलाई सम्मान दिने गरेको छ । बोगटी कारागारको प्रमुख भएपछि सुधारका काम भएको र राम्रो व्यवस्थापन गरेको भन्दै सम्मान गरेको कारागार विभागले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशबाट सम्मानित हुनेमा बोगटी एक जना मात्रै हुन ।

Sagan sahari bhawan nirman aayojana

बोगटी सहित ९ कर्मचारीलाई सम्मान र  दुई जना उत्कृष्ट कर्मचारीको पुरस्कार वितरण गरेको हो । कारागार व्यवस्थापन विभागले गरेको सम्मानले आफ्नो काम गर्ने हौसलामा वृद्धि भएको र गरेको कामको मूल्याङ्कन गरेको लागेको बोगटीले बताउनु भएको छ ।

Shaileshwori
Loading...