काँग्रेस नेता शाहीद्वारा स्वास्थ्य सामाग्री वितरण

खगेन्द्र सिंह डोटी 
नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले लाखौँ मूल्य बराबरको स्वास्थ्य सामग्री स्थानीय तहहरूलाई वितरण गर्दै आई रहेका छन् । आइतबार उनले शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका तथा पूर्बीचौकी गाउँपालिकामा ११/११ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेवि संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेका शाहीले कोभिड सङ्क्रमणबाट जोगाउन तथा स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले डोटी जिल्लाका ९ वटै स्थानीय तहहरूलाई व्यक्तिगत पहलवान निःशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न लागेको बताएका हुन् । उनले जिल्ला भरी एक करोड भन्दा बढी मुल्यको स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् ।
Sayalb
स्वास्थ्य सामग्रीहरूमा अक्सिजन कन्सट्रेटर मेसिन, पल्स अक्समिटर मेसिन, पि.पि सेट, सर्जिकल मास्क, नाइन ९५ मास्क, ग्लोब्स, स्ट्रेचर, रेपिड टेस्ट किट, सेनिटाईजर लगायतका रहेका छन् ।
स्वास्थ्य सामाग्री बुझ्दै शिखर नगरपालिकाका मेयर सिताराम जोशीले कोरोना महामारी अझै कायमै रहेको अवस्थामा यी स्वास्थ्य सामग्रीहरुको महत्व ठुलो हुने र नगर भित्रका विपन्न जनताहरूको लागि स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका रहने बताए ।
त्यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखा स्वास्थ्य चौकीका इन्चार्ज तेजबहादुर खड्का, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले स्वास्थ्य सामाग्री सहयोग गरेको प्रति भूमिका रहने बताए ।
यसअघि नेता शाहीले के.आई.सिंह गाउँपालिकालाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । केही दिनमा बाँकी स्थानीय तहहरूमा पनि वितरण हुने उनले बताए ।
Shaileshwori
Loading...