जनमोर्चाका नेतृत्व तहमा तानासाह प्रवृत्ति देखियो : योगी 

राष्ट्रिय जनमोर्चाका नेतृत्व तहमा तानासाह प्रवृत्ति देखिएको राष्ट्रिय जनमोर्चाका नेता केशव नाथ योगीले बताउनु भएको छ । पार्टी भित्र फरक मत राख्ने बित्तिकै कारबाही गर्ने गरेको बताएका छन् । त्रिवेणी एफएमसँग कुरा गर्दै योगीले उक्त कुरा बताउनु भएको हो ।
Sayalb
६ जिल्ला कमिटी सदस्यहरूले आफूलाई जिल्ला कमिटी सचिवबाट हटाइएको कुरा वैधानिक नभएको योगीले दाबी गरेका छन् । योगीले भने ‘२१ जना जिल्ला कमिटी रहेको पार्टीमा ६ जनाले गरेको निर्णय कसरी वैधानिक हुन्छ ?’ डोटी जिल्लामा बहुमत जिल्ला कमिटी सदस्य आफ्नो पक्षमा भएको समेत योगीले दाबी गरेका छन् । भाद्र २९ गते दिपायलमा आयोजना गरिएको भेलामा बहुमत जिल्ला कमिटी सदस्य तथा स्थानीय तहका गाउँ कमिटी र वडा कमिटीका पदाधिकारीहरू भेलामा उपस्थित हुने बताए । राष्ट्रिय जनमोर्चा भित्र लामो समय देखी पार्टी भित्र रहेको दुई लाइन सङ्घर्ष विकसित हुँदै विभाजनको सन्देश दिने गरी विवाद सहता आएको हो । मसाल तथा जनमोर्चाबाट झन्डै १ हजारको सङ्ख्यामा विभिन्न तहका नेता तथा कार्यकर्तालाई अनुशासनको कारबाही समेत गरेको सचिव योगीले बताए ।
पार्टी नेतृत्व स्वेच्छाचारी भएको भन्दै योगी पार्टी भित्र अन्तरसंघर्ष जारी राख्ने बताएका छन् । प्रदेश हुँदै जिल्ला र केन्द्रसम्म सही बिचारको पक्षमा गोलबन्द हुने क्रम जारी रहेको बताए ।
Shaileshwori
Loading...