राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा केशवनाथ योगी

राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा केशवनाथ योगी चयन गरिएको छ । मङ्गलवार दिपायलमा सम्पन्न भेलाबाट योगीको अध्यक्षतामा  ४१ सदस्यीय कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा हरि प्रसाद भट्टराई, सचिवमा हेम विक्रम चन्द, कोषाध्यक्षमा रमेश नागरी, सहसचिव शिवराज भट्ट रहने गरी आज कमिटी गठन भएको सचिव हेम विक्रम चन्दले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चा पार्टीको डोटीमा पनि समानान्तर कमिटी गठन भएको छ । भदौ ८ र ९ गते लोकेन्द्र लम्सालको नेतृत्वमा गठन भएको राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीलाई मान्यता दिँदै दिपायलमा भेलाको आयोजना गरेको हो ।
भेला सम्पन्न भए लगत्तै दिपायलमा एमसिसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटी सचिव लक्षिराम आचार्य र राष्ट्रिय जनमोर्चा डोटी अध्यक्ष केशव नाथ योगीले सम्बोधन गर्नुभएको थियो ।
Sayalb
Shaileshwori
Loading...