सुदूरपश्चिममा  इन्चार्ज विवाद : लेखराज र रावलका कार्यकर्ता पनि बाँडिए

नेकपा एमालेका नेता कार्यकर्ताका बिचमा कुनै बेला उपाध्यक्ष भीम रावल र कर्ण थापाको स्वागत गर्ने होडबाजी हुन्थ्यो । रावलका समर्थकहरूले थापा र रावलको स्वागतका लागि विमानस्थलमा लागेको भीड र नेताहरूको घाटीमा भएका मालालाई प्रदर्शन गर्थे ।

रावलको घाटी फुलको मालाले ढाकिएको हुन्थ्यो, र स्वागत गर्नेको पनि लर्को हुन्थ्यो । तर थापाको स्वागतमा जानेहरूको सङ्ख्या न्यून हुन्थ्यो । र उनको घाटीमा माला पनि खासै हुन्थेन ।तर मङ्गलवार नेता रावल धनगढी विमानस्थलमा झर्दा ती समर्थकहरू भने थिएनन् ।

न त उनलाई माला लगाउन तँछाडमछाड गर्नेहरू थिए । कतिसम्म केही महिनाअघि रावल धनगढीमा विमानस्थल झर्दा उनको स्वागतका लागि मोटर साइकलमा गएको युवाहरूको भीडले धनगढीमा पुगेर समेत भीम रावल निन्दावादको नारा लगाएका थिए ।

तर मङ्गलवार को परिस्थिति भने फरक देखियो । भीम रावल जिन्दाबाद भन्नेहरू कोही पनि विमानस्थल गएनन् । रावलको स्वागतका लागि भीड जुटाउने दीर्घ सोडारी धनगढीमा नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकमा थिए ।

र रावलले एमालेको धनगढीस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधनका क्रममा आफ्ना लागि हिजो मर्न तयार छु भन्नेहरूको अनुहार हेर्न चाहने बताइरहँदा सोडारी नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चुनिँदै थिए ।

Sayalb

रावलकै जोड बलमा सुदूरपश्चिम प्रदेश खेलकुदको सदस्य सचिव बनेका दीपक बहादुर सिंह र युवा परिषद्को सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष बनेका युवराज कुँवर पनि रावलको स्वागतमा गएनन् । विगतमा दुवै जनाले विमानस्थलमा रावलका लागि भीड जुटाउने गरेका थिए । यति बेला सिंह र कुँवर दुवै जना समाजवादीमा छन् ।

अझ रोचक कुरा त के भने नेकपा एमालेमा ओली समूहका भनेर चिनिने नेताहरू नै रावलको स्वागतमा थिएनन् । न त एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरू सहभागी भए ।न त एमाले नेता लेखराज भट्टका समर्थकहरू नै रावलको स्वागतमा गए ।

अर्को कुरा, रावलका समर्थकहरू पनि भट्टको स्वागतमा विमानस्थल गएनन् । एक दिनको फरकमा धनगढीमा आएका एमालेका नेताद्धय भट्ट र रावलको स्वागतमा विमानस्थल जाने कार्यकर्ताहरू फरक फरक थिए । भट्टको स्वागतमा गएकाहरू रावलको स्वागतमा गएनन् । रावलको स्वागतमा त धनगढीभन्दा बढी कार्यकर्ता बौनिया क्षेत्रका रहेको बत्ताइन्छ । बोर्दिया गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार रहेका रावलका साला कर्ण बहादुर कुँवरको नेतृत्वमा ८ वटा कारमा समर्थकहरू विमानस्थलमा रावलको स्वागतका लागि आएको स्रोतले बतायो ।

नेकपा एमाले ओली समूहका युवा नेता यज्ञराज ढुङ्गाना नेता रावलको स्वागतमा जाँदा ओली समूहकै अन्य युवा नेताहरू गएनन् । बुधवार बिहान कैलाली उद्योग वाणिज्य सङ्घमा गेटा मेडिकल कलेजका विषयमा आयोजित छलफलमा लेखराज भट्ट प्रमुख अतिथि थिए । छलफलमा भट्ट निकट पूर्व माओवादी कार्यकर्ता, जो हाल एमालेमा छन्, उनीहरू र एमालेमा ओली पक्षधर भनेर चिनिने नेता कार्यकर्ता मात्र थिए ।

गौरीगंगाका मेयर भीम देउवा र गोदावरी नगरपालिकाका मेयर हरी सिंह साउँद पनि छलफलमा थिए । तर हिजो रावलले सम्बोधन गरेको कार्यक्रममा भने उनीहरू पनि सहभागी थिएनन् ।छलफलपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा पत्रकारहरूले भट्टलाई दोह¥याएर प्रश्न गरे, एमालेको सुदूर पश्चिम इन्चार्ज को हो रु कार्यकर्ताहरू बाँडिएका छन् । एउटा नेताका कार्यकर्ता अर्को नेताको कार्यक्रममा जाँदैनन् । केपी ओलीले अव को चुनावमा जितेर एमालेले फेरि सरकारको नेतृत्व गर्ने बताई रहनु भएको छ, यसरी एमाले कसरी चुनाव जित्ला ? भट्टले एमालेको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताइरहँदा अर्को प्रश्नको जवाफ दिन भ्याएनन् ।
पश्चिम टुडे अनलाईनबाट साभार 

Shaileshwori
Loading...