जोरायल गाउँपालिकाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७७/०७८को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष भरी सम्पादन गरेका काम तथा गाउँपालिकाको समग्र बिकासका विषयमा केन्द्रित रहेर सामाजिक परीक्षण कार्यक्रम गरिएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा रोजगारीका अवसरहरूमा वृद्धि, उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, सडकको निर्माण र स्तरोन्नति, शिक्षा, स्वास्थ्य, खानेपानी मा लगानी, महिला, दलित, बालबालिका एवम् अल्पसङ्ख्यकको संरक्षण र सम्वद्र्धन, कला, संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्ने नीति तथा कार्यक्रमहरू अङ्गीकार गरेको थियो ।
गाउँपालिकाले आर्थिक बर्सभरि गरेका केही उपब्धी पनि गरेको छ । ६ वटै वडाका वडा केन्द्रहरू सडक सञ्जालबाट जोडिनु, गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण भई सेवा प्रवाह हुनु, सुदूरपश्चिम कै उत्कृष्ट न्यायिक समिति हुन, लक्षित वर्ग विशेष कार्यक्रम  दलित, महिला, अपाङ्ग लक्षित कार्यक्रमहरू सञ्चालन भर्ई  आय स्तर वृद्धि भएको छ ।
Sayalb
त्यसै गरी स्थानीय शासन प्रक्रियामा नागरिकहरूको सहभागीतामा वृद्धि हुदैं गएको, गाउँपालिकामा प्रकोप व्यवस्थापन कोष खडा गरिएको, र जोरायल गाउँपालिका वडा नं. २ छतिवनमा रहेको छहरा झरनाको हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरूले अवलोकन गर्नुलाई गाउँपालिकाले आफ्नो उपलब्धिमा रहेको बताएको छ ।  नागरिकको अपेक्षा अनुसार विकास गर्दै गाउँपालिकाको टिम अघि बढेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । आर्थिक वर्ष ०७७/०७८ को सामाजिक परीक्षणको अन्तिम प्रतिवेदन गाउँपालिकाको कार्यालयलाई बुझाएको छ ।
परिबर्तन परियोजना अन्तरगत इन्लोगसको प्राविधिक सहयोगमा सामाजिक परीक्षण कार्यक्रम गरिएको हो । सामाजिक परीक्षक देवेन्द्र गुरुङ, झलक पाली र कर्ण चन्दको टोलीले गाउँपालिकाको सामाजिक परीक्षण गरेको हो ।
Shaileshwori
Loading...