काँग्रेस क्षेत्रिय प्रतिनिधि केसी र विक माओवादीमा प्रवेश

डोटी : नेपाली काँग्रेसका दुईजना क्षेत्रिय प्रतिनिधिले काँग्रेस पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका बाट क्षेत्रिय प्रतिनिधि बनेका चक्र केसी र सिद्ध विकले मंगलवार एक कार्यक्रमका बिच माओवादीमा प्रवेश गरेका हुन् । उनिहरुलाई माओवादी केन्द्रका डोटी जिल्ला इन्चार्ज समेत रहेका सुदुर पश्चिम प्रदेका मुख्यमन्त्रि त्रिलोचन भट्टले माला र अविर लगाएर स्वागत गरेका हुन् ।

३२ वर्षको काँग्रेसको अभ्यास छोडेर आफु माओवादीमा प्रवेश गरेको केसीले बताए । कसैलाई पनि आखापाखा नगरि सामाजिक सेवामा अग्रसर हुने आगमी दिनमा सम्पुर्ण जनताको सेवा गर्दै अगाडी बढ्ने केसीले बताए ।

Sagan sahari bhawan nirman aayojana

उनिहरुसँगै नेपाली काँग्रेसको चवराचौतारा वडा सचिव टेकराज गिरि, वडा सहसचिव हिमाल केसी, वडा सदस्य हर्क बहादुर गड्सिला, शेर बहादुर बोगटी, क्रियासिल सदस्यहरु जवन सिँह कुडमाल, गणेश गडसिला, विरेन्द्र विष्ट, सितल कुडमाल, कृष्ण बहादुर बम, राम बहादुर कुडमाल, योगेन्द्र विठारी, रुद्र बहादुर कुडमाल, राम बहादुर विष्ट पार्टीमा प्रवेश गरेका छन् ।

Shaileshwori
Loading...