विपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरुका लागी तिन दिने तालिम सुरु

डोटी : विपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरुका लागी तिन दिने तालिम दिपायलमा सुरु भएको छ । सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालको आयोजनामा सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजना अन्तरगत बिपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरुका लागी बृहत विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलबायु परिर्बतन सम्बन्धी तालिम सुरु भएको बिपद् जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीले जानकारी दिनु भएको छ ।
तालिममा परियोजना लागु भएका डोटीको बोगटान फुड्सिल, जोरायल गाउँपालिका र बाजुराको बुढीगंगा नगरपालिका २५ माद्यामिक विद्यालय बिपद् जोखिम न्यूनिकरण सम्पर्क शिक्षकहरु सहभागीता रहेको छ । बिद्यालयमा प्राकृतीक बिपद् तथा जोखिमबाट बच्नका लागी गर्न सकिने कार्यको अबलम्बन गर्न तथा क्षमता विकास लगाएताका विषयमा तालिममा सिकाईने भएको छ ।

तालिम पश्चात विद्यालय सुरक्षा योजना निर्माणगरी कार्यान्वयन गरिने परियोजना मिलअफिसर माया बमले जानकारी दिनु भएको छ । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने छन् । तामिकको प्रशिक्षक देबेन्द्र गुरुङ र सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजना संयोजक बिबेक गौतम रहनु भएको छ ।
