डाेटीमा कोभिड विरुद्धको खोप सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

डोटी  :  कोभिड १९ विरुद्धको खोप सम्बन्धी जनचेतनामूलक सडक नाटक गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ बागठाटामा कोरोना भाइरसको खोप सम्बन्धी सडक नाटक गरिएको हो । शैलैश्वरी युवा क्लबले शनिवार कोरोना भाइरसको खोप सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।

बहुउद्देश्यीय विकास समाज डडेलधुराले ईको अफ कोर्डेडको आर्थिक सहयोगमा यो जनचेतनामूलक सडक नाटक सञ्चालन गरेको हो । कोरोना विरुद्धको खोप लगाऔँ “आफू पनि सुरक्षित बनौँ आफ्नालाई पनि सुरक्षित बनाऔँ ” भन्ने नाराका साथ यो अभियान सुरु गरिएको छ । साथै डोटीका नौ वटै स्थानीय तहहरूमा चलिरहेको कोरोना विरुद्धको खोप केन्द्रहरूमा मास्क स्यानिटाइजर र जनचेतनामूलक सल्लाह दिएर हेल्प डेस्क पनि राखिएको छ । हेल्प डेस्क एउटा स्थानीय तहका दुई वटा खोप केन्द्रहरूमा राखिएको छ ।

Sayalb

कोरोना को खोप नलगाएका आर्थिक अभावमा भएका अशक्त असायहरूको महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरेर डाटा सङ्कलन समेत गरिएको छ । त्यस्ता मानिसहरूलाई खोप केन्द्र सम्म पुगाउन संस्थाले सहजीकरण गर्ने भएको छ । धेरै जस्तो मानिसहरूले अझै पनि खोप लगाउन मानिरहेका छैनन् त्यसैले कोरोना विरुद्धको खोप सबैले पुर्ण रूपमा लगाउन खोप सम्बन्धी जनचेतनामूलक सडक नाटक र अशक्त असहाय मानिसहरूको आर्थिक अवस्था बुझ्नको लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको संस्थाका कार्यकारी निर्देशक प्रेम बहादुर महरले बताए । लक्षित वर्गलाई खोप केन्द्र सम्म पुर्‍याउनका लागि यातायात र आर्थिक सहयोग गरी खोपको पहुँच पुगोस् भनेर कोभिड १९ आपत्कालीन सहयोग कार्यक्रम मार्फत व्यवस्था गरिएको संस्थाले जानकारी गराएको छ ।

जनचेतनामूलक सडक नाटकले पनि धेरै कुरालाई प्रस्ट पार्ने भएकोले कोरोनाको खोप लगाउने उमेर पुगेकाले सबैलाई आवश्यक रहेको आपत्कालीन सहयोग कार्यक्रम डोटीका कार्यक्रम संयोजक सविना केसीले जानकारी गराइन् । गाउँघरमा खोपको बारेमा जानकारी गराएता पनि सबैले खोप लगाउन नमानिरहेका र यसरी जनचेतनामूलक कार्यक्रम गरेर उहाँहरूलाई खोप केन्द्र सम्म पुर्‍याउने पहल गरेकोले बहुउद्देश्यीय विकास समाज डडेलधुरा संस्थालाई दिपायल सिलगढी नगरपालिका ५ वडाका वडा अध्यक्ष मदन भण्डारीले धन्यवाद दिए ।

वडा बाट संस्थालाई गर्नुपर्ने सहयोगको लागि अगाडि रहने र खोप लगाउन नमान्ने मानसिकका लागि वडाले के गर्नुपर्छ त्यो गर्न तयार रहेको भण्डारीले बताए । डोटीका प्रत्येक पालिकाहरूमा संस्थाले युवा परिचालन गरेर जनचेतनामूलक सन्देश प्रवाह गराउने र खोपको मात्रालाई बढाउने आपत्कालीन सहयोग कार्यक्रम डोटीका कार्यक्रम अधिकृत वन्दना बमले बताउनु भएको छ

Shaileshwori
Loading...