नेपाल कम्युनिष्ट पार्टी डोटीद्धारा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

डोटी : नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आज दशैभरीबाट सरकारलाई तिनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै दवाव दिन विभिन्न कार्यक्रम गरेको छ । जस अन्तर्गत पार्टीले जिल्ला प्रशासन कार्यालय डोटी अघाडी धर्ना दिएको छ ।

Sayalb

२०७७ फागुन २१ गते तत्कालीन सरकारसँग पार्टीले तिनबुँदे सहमति गरेको थियो । सहमति भएको करिब सात महिना भईसक्दा पनि बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि धर्ना दिईएको नेपाल कम्युनिष्ट पार्टी डोटीले जनाएको छ ।

प्रधानमन्त्रि शेर बहादुर देउवाले जनमतसंग्रहको वातावरण तयारमा कुनै चासो नदेखाएको र त्यो विषयमा आफ्नो स्पष्ट धारणा पुष्टि गर्न पनि सरकारले नसकेको हुदा पार्टीले देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरेको डोटी जिल्ला सेक्रेटरी ध्रुव ओली बताए ।

Shaileshwori
Loading...