डोटीका तिन पालिकामा गुनासो सुनुवाई व्यवस्थापन समिती गठन
डोटी : यूरोपियन यूनियन र डीसिएको साझेदारीमा संचालन हुदै आएको परिवर्तन परियोजना संचालित शिखर नगरपालिका जेरायल गाउँपालिका र केआईसिंह गाउँपालिकाहरुमा गुनासो सुनुवाई ब्यबस्थापन समिती गठन गरिएको छ । परिवर्तन परियोजनाको अयोजनामा डोटीका तीन स्थानिय सरकारका प्रमुख, उपप्रमुख जनप्रितिनिध,कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत लगायत पालिकाका शाखा प्रमुखहरुको सहभागितामा अशोज १७ गते केआईसिंह गाउँपालिकामा समिती गठन भएको हो ।
गुनासो सुनुवाई ब्यबस्थापन सम्बन्धि कार्यविधी, २०७८ को अभिमुखीकरण तथा सम्वाद संगै उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा ५/५ सदस्यीय समिती गठन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) क. (१) को प्रयोजनको लागि परिवर्तन परियोजना संचालित गाउँ तथा नगरपालिकामा गुनासो ब्यबस्थापन समिती गठन गरिएको हो ।
नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धि र त्यसले पारेको आर्थिक सामाजिक प्रभावको मूल्याङ्कन गरी नीति, योजना तथा सेवा प्रवाह प्रकृयामा सुधार गर्न, सार्वजनिक कोषको अत्युत्तम परिचालन गरी अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चतता गर्न, नागरिकका गुनासो सुन्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाई सार्वजनिक जवाफदेहीता अभिबृद्धि गर्ने समितिको उदेश्य रहेको छ ।
कार्यक्रममा सहभागिहरुले नागरिकका गुनासाहरुलाई वडास्तरमै ब्यबस्थापन गर्न आगामी दिनमा वडाहरुमा समेत समितीहरु गठन गरि कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त्त गरेका छन ।