केआईसिंह गाउँपालिकाको वायललाई वाईफाई क्षेत्र बनाईने

डोटी :  केआईसिह गाउँपालिकाको वडा नम्बर ४ वायल दुर्गामाण्डौलाई नमुना वाईफाइ हटस्पट क्षेत्र बनाईने भएको छ । जसको लागि ईडीसी र वडा कार्यालय बिच असोज १७ गते सम्झौता भएको छ । केआईसिह स्मार्ट पालिका एप संचालनमा सहयोग पुर्याउन र नागरिकलाई इन्टरनेटको माध्यमबाट सहजरुपमा एप संचालन र पालिकाको सूचना तथा सेवा सुविधा र सार्वजनिक सूचनामा आम नागरिकको सहज पहुँच बृद्धि गराउने उद्धेश्यले गाउँपालिकाको समन्वयमा वडा कार्यालय र डिसीएको साझेदार संस्था सम विकास केन्द्रको सहकार्यमा उक्त सम्झौता सम्पन्न भएको हो ।

Sayalb

यूरोपियन यूनियन, डीसिएको आर्थिक सहयोगमा डोटीमा सम विकास केन्द्र (ईडिसी) नेपाल मार्फत केआइसिंह गाउँपालिकामा संचालन हुदै आएको परिवर्तन परियोजना र परियोजना अन्तरगत गाउँपालिकामा विधुतिय सुशासन प्रविधिको विकास गरि स्थानिय सरकारको शासन प्रक्रियामा सुशासन प्रवर्धन गर्न गाउँपालिका, सेल एप कम्पनि र ईडिसी विच भएको त्रिपक्षिय सम्झोता बमोजिम निर्माण गरिएको थियो । सम विकास केन्द्र र केआईसिह गाउँपालिकाको वडा नं ४ को करिव ४ लाखको लागतमा उक्त क्षेत्रलाइ वाइफाई क्षेत्र निर्माण गर्न लागिएको हो ।

वडा कार्यालयले वाईफाइ सेवालाई दैनिक ८ सिफ्टमा विभाजन गरिएको सिफ्टमा वडाका करीब ५० देखी ६० जना मोवाईल प्रयोगकर्ताहरुले इन्टरनेटको सुविधा प्राप्त गर्न सक्ने र २४ घंण्टामा वडाका करिव ४०० मोवाईल कर्ताहरु यो सेवाबाट लाभान्वित हुनसक्ने अपेक्षा गरिएको सम्झौतामा उल्लेख छ। वडा कार्यालयमा वाईफाइ स्थापनाको कार्य सम्पन्न भएपश्चात ईडिसी नेपाल अन्तरगत परिवर्तन परियोजनाले उक्त प्रविधी अधिकारीक र औपचारिक रुपमा वडा कार्यालयलाई हस्तान्तरण गर्ने र हस्तान्तरण पश्चात प्रविधीको संचालन, ब्यबस्थापन तथा मर्मत सम्भारको सम्पूर्ण कार्य वडापालिकाको रहने वडा अध्यक्ष जय बहादुर धामीले बताउनु भयो ।

Shaileshwori
Loading...