डोटीमा बाल क्लबले गर्यो बालबिबाह सम्बन्धि सडक नाटक

तेजु ओली/ डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडामा रहेको चौखान बाल क्लब नारीदाङ्गद्धारा गठित बाल अधिकार चेतना क्लबले सडक नाटक गरेकोे छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र, डोटीको समन्वय र सहजीकरणमा क्लबले समाजमा भईरहेको बढ्दो बाल बिवाह न्युनीकरणका लागि बाल विवाह रोकथाम सम्बन्धि सडक नाटक गरेको हो । विद्यार्थीहरुले आआफ्ना टोल समुदायमा बाल बिवाह बिरुद्ध चेतना फैलाउन सक्ने उद्धेश्यले बिद्यालय स्तरीय सडक नाटक सँगै वक्तित्वकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम गरिएको हो ।


नाटकमा समुदायमा बाल विवाह, बाल विवाहबाट पर्ने शारिरिक, मानसिक, सामाजिक असर तथा बाल विवाह रोकथामका लागि विद्यालय, शिक्षक, अभिभावक, स्थानीय निकाय, धार्मिक अगुवा, सेवा प्रदायक संघ—संस्थाहरु, स्वास्थय संस्था, प्रहरी प्रशासन आदिले महत्वपुर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको थियो ।

बाल बिवाह नगर्ने र गर्न नदिने बिद्यार्थीहरुले उक्त कार्यक्रममा प्रतिबद्धता समेत व्यक्त गरेका छन । यस्ता जनचेतना मुलक कार्यक्रमहरुले बालबालिकालाइ थप सचेत बन्न र अभिभावकलाइ पनि बालबिवाहको असरको बारेमा थाहा हुने चौखान माध्यमिक विद्यालयका प्रधानाध्यापक नबराज साउदले बताउनुभयो ।

Sayalb

पहिलेको तुलनामा अहिले बाल बिवाहको घट्ना न्यून हुदै गएको भन्दै अब पूर्ण रुपमा बन्द गर्न तर्फ बाल क्लब मार्फत अगाडी बड्ने कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम बहादुर खड्काको भनाई थियो । बाल बिवाह गर्दा हुने समस्याका बिषयमा परिवारमा समेत जानकारी भइसकेको उनले बताए ।
बालबिवाह न्युनिकरणका लागि विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत जिल्लाका दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडाका चौखान माध्यमिक विद्यालय नारीदाङ, सुनादेबी माध्यमिक विद्यालय र पुर्बी चौकी गाउँ पालिका वडा न ७ मष्टामाण्डौ माद्यामिक विद्यालय पोखरीमा कार्यक्रम गरेको सामुदायिक बिकास केन्द्र डोटीका सुचना अधिकारी एकराज बडुले जानकारी दिए ।

Shaileshwori
Loading...