यु एम एन डोटी क्लष्टरको आर्थिक वर्ष २०७७र०७८ को सामाजिक लेखा परिक्षण सम्पन्न
डोटी-युनाइटेड मिसन टु नेपाल (यु एम एन) डोटी क्लष्टरले आर्थिक वर्ष २०७७/०७८ को सामाजिक लेखापरिक्षण सम्पन्न गरेको छ ।
रुपान्तरित नेपाली समाजमा सबैलाई प्रसस्तताको जीवनू नारा बोकेको यु एम एनले आज दिपायल सिलगढि नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम गरि जिल्ला स्थित सरोकारवाला, संघ संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सेवा ग्राहि र पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्षमा संस्थाले सम्पादन गरेको सम्पूर्ण क्रियाकलापको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको डोटी क्लष्टर टिम लिडर रमेस थिङले बताउनु भयो ।
जिल्लाको जोरायल गाँउपालपका, बड्डिकेदार गाउँपालिका र आदर्श गाउँपालिकाका गरि तीन स्थानीय तहमा लागू भएको यस संस्थाले स्वास्थ,शिक्षा, जिविकोपार्जन,सुशासन, अपांगता सामावेशिकरण, संरक्षण, लैङ्गकि समानता र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ ।
त्यस्तै संस्थाले कोभिड १९ प्रभावित ८० घरधुरीलाई आयआर्जनमा सहयोग पुगोस भनी २० हजार बराबरको आर्थिक सहयोग, सामाजिक जवाफदेहिता सुशासन प्रबर्द्धन, कोभिड १९ संग प्रतिकार्य गर्नका लागि कार्यक्रम लागु भएका स्थानीय तह र जिल्ला अस्पताल डोटीलाई आर्थिक तथा प्राबिधिक सहयोग गरेको प्रोगाम पार्टनर टिम लिडर बिसाल श्रेष्ठले जानकारी दिनुभयो ।
सन २००७ देखि डोटी जिल्लामा कार्यक्षेत्र बनाउदै आएको यस संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संस्थाले झण्डै ७ करोड खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
संस्थाले स्थानीय तह र सरकारि कार्यलय आगामि दिनमा मिलेर अगाडि बढे झनै संस्थाले संचालन गरेका कार्यक्रमहरु प्रभावकारी बनाउन सकिने कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐरले बताउनु भयो ।