प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगितामा डोटी विजयी

प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले उचालेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा डडेल्धुरालाई पराजित गर्दै डोटीले उपाधि जितेको हो । डोटीले डडेल्धुरालाई ३–० को सोझो सेटले हराएको हो ।

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ।

Sayalb

यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले पच्चिस पच्चिस हजार नगदसहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ।

Shaileshwori
Loading...