सिमान्तकृत समुदायका महिलाहरु र सञ्चारकर्मीबिच अन्तरक्रिया कार्यक्रम
मोहन ठकुल्ला /डोटी
डोटीको सिलगढीमा महिला समूह तथा सिमान्तकृत समुदायका महिलाहरु र सञ्चारकर्मी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम विकास केन्द्र नेपाल (ईडिसी ) को कार्यक्रम महिलाको न्यायमा पहुँच परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सोमवार नेपाल परिवार नियोजनको तालिमहलमा सामाजिक न्याय लैङ्गकि समानताका लागि हाम्रो प्रतिवद्दता भन्ने नाराका साथ विभिन्न महिला समूह, रिफ्लेक्ट सर्कल समूह, किशोरी समूह, र सञ्चारकर्मीका बिच कार्यक्रम सम्पन्न भएको कार्यक्रम परियोजना संयोजक कृष्ण थापाले बताए ।
कार्यक्रममा महिला समूह तथा सिमान्तकृत समुदायका महिलाहरुका सवालमा छलफल भएको थियो । कार्यक्रमका वक्ताले समाजमा हुने विभिन्न भेदभाव, लैंगिक हिंसा, छाउपडी प्रथा, घरेलुु हिंसा लगायतका विषयहरुमा छलफल गरिएको थियो । महिलाको न्यायमा पहँच कार्यक्रमले गर्दा समाजमा पहिलेको भन्दा अहिले केही परिवर्तन देखिएको बताईएको छ ।