एमटीएस डोटीले गर्यो बिचल्लीमा परेको एक परिवारलाई राहात वितरण

डोटी जिल्लाको के.आई.सिँह गाउँपालिका भुमिराजमाण्डौ वडा नम्बर ७ सलेनाका बेसहारा बालबालिकालाई एमटीएस डोटीले राहात वितरण गरेको छ । बुबाको मृत्यु भएपछि आमाले मानसिक सन्तुलन गुमाउदा सहाराबिहिन बनेका तिन बालबालिकालाई सोमबार दैनिकी केही सहज होस भन्ने उदेश्यले राहत बितरण गरिएको हो । ६ वर्ष पहिला श्रिमान रण बहादुर नेपालीको मृत्यु भएपछि कालि नेपालीले मानसिक सन्तुतलन गुमाउन पुग्दा घरमा भएका छोराछोरीहरु १० बर्षीया खन्जरी, ६ बर्षिया गच्ची र ३ वर्षीय पारस नेपाली विचल्लिमा परेका छन् ।
केही दिन पहिला मात्रै विभिन्न सञ्चार माद्याममा ति बालबालिकाहरुलाई दैनिक छाक टार्न तथा लुगाफाटो को अभाव भएको भन्ने खबर आएपछि एमटीएसले केही सहयोग गरेको एम टी एस डोटी जिल्लाका जिल्ला संयोजक डबल बम दिलवालेले जानकारी दिनुभएको हो ।
५० किलो चामल, पाँच किलो दाल, पाँच किलो नुन, पाँच लिटर तेल, ५र५ नुहाउने तथा लुगा धुने साबुन, कोल्गेट ब्रस, ती महिलाको लागि न्यानो लुगा, म्याक्सि बलाउज, बच्चाहरूलाई पनि न्यानो लुगा, चप्पल लगाएर करिव १० हजार बराबरको सामाग्रि बितरण गरिएको हो ।
ती अबोध बालबालिकाका आमाबुवाको नागरिकता नहुदा राज्यबाट पाउँने सेवा सुविधाबाट पनि बञ्चित छन् । वडा अध्यक्ष हर्क बिष्टले यसका लागि आफुहरुले गर्नुपर्ने काम गर्न आफु तयार रहेको र छिट्टै मुचुल्का उठाएर ती महिलाई नागरिकता तथा बच्चालाई जन्मदर्ता दिलाउने प्रतिबद्धता एम टी एस सँग गरेको एमटिएसकी सदस्य लक्ष्मि देउवाले जानकारी दिनुभएको छ ।
जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट भन्ने मुल नाराका साथ स्थापना गरिएको यस गुरुपले यसभन्दा पहिले डोटी जिल्लामै कोरोना बाट घरको मुल मान्छेको मृत्यु हुदा अलपत्र परेको परिवारलाई खाद्यान्न सामाग्रि, क्यानसर रोगले ग्रसित एक बिपन्न महिलाई आर्थिक सहयोग गरिसकेको छ । यस्ता घटना कै कतै भए हामीलाई जानकारी गराइदिन एम टी एसकी सदस्य डम्मरी ढाँटले अपिल गर्नु भएको थियोे ।

