डोटीमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो
कार्तिक ३, डोटी
डोटीमा बाढी पहिरोको कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । पहिरोमा परि बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ उपल्लागाउँमा ईन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली, सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको पहिरोमा पुरिएर मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ पुगेको हो । घाईते हुनेको संख्या ८ पुगेको छ । त्यस्तै गएराती नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन् ।
यस्तै बर्षापछि घर भत्किदा र पहिरोमा पुरिएर मंगलबारसम्म डोटीमा नौजनाको मृत्यु भएको थियो ।
जसमा घर भत्किँदा जोरायल गाउँपालिका-४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर बिकको घर भत्किँदा उनीसहित उनकै १८ वर्षका छोरा मोहन बिक, १२ वर्षीया छोरी पबित्रा बिकको मृत्यु भएको छ । सोही घरमा मामाघर आएका १६ वर्षीय रविन बिकको पनि मृत्यु भएको छ।
यस्तै जोरायल गाउँपालिका-४ मा पनि पहिरोले घर च्याप्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी घाईते अवस्थामा रहेकी ६१ ब्र्षियाा श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राती नै मृत्यु भएको छ ।
यस्तै पहिरोसंगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ ।
यस्तै सोमबार रातीको पहिरोले घर च्याप्दा जिल्लाको सायल गाउँपालिका ६ का बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो। सोही घटनामा तीन जना घाइते भएका छन्।