बिस्थापितहरुलाई हेलिकप्टरबाट राहात सामग्री उपलव्ध गराउन प्रदेश सरकारसंग माग (बिपद् ब्यबस्थापन समितिको बैठकको निर्णयको पुर्णपाठ)


रामहरि ओझा ३ कात्तिक, डोटी
आईतवार साँझदेखि लगातार परेको बर्षाका कारण डोटीको आदर्श गाउँपालिका–६, बविनामा २० घर वगेका छन् । घर वगेर बिस्थापित भएका परिवारलाई हेलिकप्टरमार्फत राहात सामग्री उपलव्ध गराईदिन जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरेको छ ।
बुधवार बिपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरवहादुर बिष्टको संयोजकत्वमा बसेको बैठकले बर्षाका कारण सडक यातायत अवरुद्ध भई जिल्ला सदरमुकामबाट तत्काल राहात सामग्री उपलव्ध गराउन नसक्ने भएकोले २० परिवारका करीव एक सय ५० व्यक्तिहरुलाई तत्काल हेलिकप्टरमार्फत राहात सामग्री पु¥याउन आग्रह गरेको हो ।
“सेती नदीले करीब २० घर वगाएको र बस्तीमाथीबाट आएको खोलाले थप क्षति पु¥याउने सम्भावना रहेको, बिस्थापित परिवारहरु केही आफन्तको घरमा र केही जंगल छेउमा आश्रय लिई बसिरहेकाहरुको अन्नपात लगायत सवै समानहरु बगेर नष्ट भएकोले खाद्यान्न अभाव समेत भएको र स्थानीयस्तरमा बजारको अभाव भएको सडक मार्गको अभावका कारण जिल्ला सदरमुकामबाट तत्काल खाद्यान्न लगायत राहात सामग्री पु¥याउन असम्भव भएकोले करीव ३०÷४० परिवारका एक सय ५० भन्दा बढी व्यक्तिहरुका लागि खाद्यान्न लगायतको सामग्री हेलिकप्टरमार्फत उपलव्ध गराई दिन हुन सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई अनुरोध गर्नेड्ड बैठकले गम्भिर घाईते भएका पाँच जनालाई उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गर्न नेपाल सरकार र प्रदेश सरकारलाई आग्रह गरेको छ ।
बैठकले हालसम्म जिल्लामा बाढी पहिरोका कारण १४ जनाले ज्यान गुमाईसकेको र १२ जना घाईते भएको पुष्ठी गरेको छ । एक सय १० घर जोखिममा रहेका र पाँच सय परिवार बिस्थापित भएका समेत बैठकले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी बिष्टले जानकारी दिए ।
बैठकले आवरुद्ध राजमार्ग तत्काल खुलाउने, बिस्थापितहरुलाई खाद्यान्न तथा लत्ता कपडा उपलव्ध गराउन सहयोग गर्न स्थानीय तह, रेडक्रस लगायल गैरसरकारी संस्थाहरु र नीजि क्षेत्रलाई समेत अनुरोध गरेको छ । स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रतिनिधि र रेडक्रस सोसाईटीका प्रतिनिधिहरुहरुको टोलीले क्षतिको एकिन बिवरण संकलन गर्ने निर्णय भएको बिष्टले वताए ।
बिपद् ब्यवस्थापन समितिको निर्णयहरु
१. मिति द्दण्ठडरण्टरघज्ञ गते वेलुकी देखि द्दण्ठडरण्ठरण्घ गते विहानसम्म परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो लगायतका प्रकोपजन्य घटनाबाट शिखर नगरपालिका, सायल गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका क्षेत्रमा हालसम्मको प्राप्त तथ्याकं अनुसार १४ जनाको मृत्यु भएको, १२ भन्दा बढी व्यक्ति घाइते भएको, दिपायल सिलगढी नगरपालिका, के।आई।सिंह गाउँपालिका लगायतका क्षेत्रका करिब ज्ञज्ञण् घर जोखिममा रही छण्ण् भन्दा वढी व्यक्ति विस्थापित हुन पुगेको दुस्खको अवस्थामा मृत्युवरण गर्न पुगेकाहरुप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्छौ ।
२. प्रकोपमा परी मृत्युवरण गर्न पुगेकाहरुको शव विभिन्न स्थानमा सडक मार्ग भत्किई तथा पहिरोका कारण अवरुद्ध भई पोष्टमार्टमका लागि जिल्ला अस्पतालसम्म ल्याउन सम्भव नभएकोले शव व्यवस्थापन तथा सहजीकरण गर्ने । घाईतेहरुमध्ये अवस्था जटिल भएका सायल गाउँपालिका वडा नं। छ डुमरीका नरेश लुहार र भिम लुहार, बोगटान फुड्सिल गाउँपालिका वडा नं। छ उपल्लो गाउँका ३ जना समेतको अवस्था जटिल भई थप उपचारका लागि धनगढी पठाउनु पर्ने र सडक मार्गबाट सो सम्भव नभएको हुँदा हेलिकप्टर मार्फत उद्दार गराई दिन हुन नेपाल सरकार, गृह मन्त्रालय र सुदुरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गर्ने ।
३. लगातारको वर्षाका कारण क्षतीग्रस्त भिमदत्त राजमार्गको फल्टुडे गैरासम्म के।आई।सिंह मार्गको कोराल खोला(चौखुट्टे खण्डमा ढलेका रुख हटाउने, पहिरो पन्छ्याउने र क्षतिग्रस्त सडक यथाशिघ्र मर्मत गरी सवारी आवागमन सुचारु गर्न डिभिजन सडक कार्यालय डोटीले उच्च प्राथमिकताका साथ यथाशिघ्र काम थालनी गर्ने । उक्त कार्यमा सरकारी र निजि क्षेत्रका सवै यन्त्र उपकरण प्रयोग गर्ने । निजि व्यवसायिक समितिले प्रदेश सरकारबाट प्राप्त सहायता रकमबाट व्यहोर्ने ।
४. आदर्श गाउँपालिका वडा नं। ६ बविना गाउँमा सेती नदिले करिव द्दण् घर बगाएको, बस्ती माथिबाट आएको खोलाले थप क्षति पुर्या।उन सक्ने सम्भावना रहेको, विस्थापित परिवारहरु कोही आफन्तको घरमा र कोही जंगल छेउमा आश्रय लिई बसिरहेका निजहरुको अन्नपात लगायत सबै सामान बगेको कारण खाद्यान्नको अभाव समेत भएको र स्थानियस्तरमा वजारको अभाव भएको, सडक मार्गको अभावमा जिल्ला सदरमुकामबाट तत्काल खाद्यान्न लगायत राहत सामाग्री पुर्या उन संभव नभएकोले करिव घण्रद्धण् परिवारका ज्ञछण् भन्दा बढी व्यक्तिहरुका लागि खाद्यान्न लगायतको राहत सामाग्री हेलिकप्टरबाट उपलब्ध गराई दिन सुदुरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अनुरोध गर्ने ।
५. घरधन जोखिममा रही विभिन्न स्थानमा आश्रय लिई बसेकाहरुलाई तत्काल खाद्यान्न, लत्ता कपडा लगायतको राहत सामाग्री स्थानीय तहहरु, गै।स।स।, उद्योग वाणिज्य संघ समेतको समन्वयमा तत्काल उपलब्ध गराउने । खाद्य र गैर खाद्य सामग्रीको व्यवस्थापन नेपाल रेडक्रस सोसाईटीले गर्ने ।
६. सरकारीरसामुदायिकरव्यक्तिगत क्षतिको विवरण संकलन गर्न नेपाल रेडक्रस सोसाईटी, सम्वन्धित स्थानीय तहको प्रतिनिधि र नेपाल प्रहरी समेतको टोलिले घरहरु क्षति, सम्पत्ति क्षति, विस्थापित लगायतको विस्तृत विवरण संकलन गरी पेश गर्ने ।
७. घरक्षति भई पुनस् निर्माणमा समय लाग्ने भएको र तत्काल वासस्थानका लागि त्रिपाल, भाडाकुडा, लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान जिल्लामा मौज्दातबाट अपुग हुने हुँदा नेपाल रेडक्रस सोसाईटी, क्षेत्रीय गोदाम महेन्द्रनगरबाट उपलब्ध गराई दिन अनुरोध गर्ने र प्रादेशिक गोदामबाट समेत उपलब्ध गराई दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत प्रदेश विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने ।
८. पशु चौपाया क्षतिको विवरण संकलन गरी मुल्याङ्कन सहितको विवरण पशु सेवा तथा भेटेनरी अस्पतालले गर्ने, कृषि बालिको सम्वन्धमा कृषि ज्ञान केन्द्रले विवरण संकलन गर्ने ।
९. मृतकका आफन्त लगायत प्रकोप पिडितहरुलाई प्रकोप पिडित उद्दार र राहत सम्वन्धी मापदण्ड बमोजिम प्रकृया पुर्यारएर जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद राहत उपलब्ध गराउने ।
१०. उद्दार तथा राहतको कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, सवै स्थानीय तहहरु, राजनितिक दलहरु, नेपाल रेडक्रस सोसाईटी, गैर सरकारी संघ संस्थाहरु, नगरिक समाज लगायत समन्वयात्मक एवं एकिकृत रुपमा परिचालित हुने ।
११. दिपायल सिलगढी नगरपालिका वडा नं। ठ कोइरेली गाउँ बस्ती माथिबाट चीरा परी भविष्यमा समेत बस्न लायक नदेखिँदा अन्यत्र पुनस्थापन गर्न आवश्यक भएकोले हाललाई उक्त वडाभित्रै अस्थायी शिविर खडा गरी बसोबास व्यवस्थापन गर्ने र बस्ती सार्न उपयुक्त स्थानको खोजी गरी स्थानान्तरण तर्फ आवश्यक कारवाही गर्ने । अन्य स्थानमा समेत क्षतिको अवस्था यकिन गरी पुनस् निर्माण र पुनस्स्थापनको कार्य थालनी गर्ने ।
१२. राहत वितरण कार्यलाई प्रभावकारी बनाउन एकद्वार प्रणाली अवलम्वन गर्ने । जिल्ला विपद् व्यवस्थापन समितिक नेतृत्व र स्थानीय तह लगायत अन्य संघसंस्थाको समन्वयमा दोहोरो नपर्ने गरी वितरण गर्ने ।
