Before Header
After Navigation

डोटीमा बाढी पहिराेको बितण्डा : जो १७ घण्टा पहिरोमा च्यापिएर बाँचे

Sagan sahari bhawan nirman aayojana

दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनाका माने आउजी पहिरोमा च्यापिएको १७ घण्टा पछि पहिरोबाट उद्धार गरिएको छ । मंलबार राती करिब आठ बजे पहिरोमा च्यापिएका आउजी बुधबार दिउँसो १ बजे घरपरिवारले उद्धार गरेका हुन । सिलगढीबाट कलेना जानेक्रममा पहिरोमा खुट्टा च्यापिए पछि रातभर च्यापिएका थिए ।
खुट्टामा गम्भीर चोट लागेका आउजीलाई जिल्ला अस्पताल डोटीमा राखिएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने बताए पनि सडक अबरुद्ध रहेको हुँदा उनलाई अस्पताल मै राखिएको छ । आउजीले भने ‘आधा ज्यान पहिरोमा च्यापिएको थियो, आधा भाग पानिमा म कसरी बाँचे मलाई थाहा छैन ।’

Shaileshwori
Loading...