पुर्विचौकीमा मृत भेटिएकी महिलाको हत्या भएको आशंका 

मुलुक समाचार/ डोटी

पुर्बिचौकी गाउँपालिका वडा नंं। ३ गैरागाउँमा मृत भेटिएकी ४२ वर्षीय महिला धौली बोहराको हत्या भएको आशंका गरिएको छ । मृत महिलाको शरीरमा चोट पटक रहेको र घाँटीमा समेत चोट रहेका कारण उनको मृत्यु स्वभाबिक कारण नभई हत्या भएको स्रोतले बताएको छ ।

Sayalb

घर नजिकै लडी रहेको अवस्थामा बिहीबार बोहरा मृत अवस्थामा भेटिएकी थिइन् । हत्याको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । उक्त घटनाका सम्बन्धमा तीव्र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सह प्रवक्ता प्रहरी निरीक्षक रबेन्द्र चन्दले बताए । उनले भने ‘घटना सम्बन्धमा तीव्र अनुसन्धान भइरहेको छ, सोधपुछका लागी एक जनालाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धान टुङ्गोमा नपुगेकोले अहिले केही भन्न सक्ने अवस्थामा छैन ।’

यस अघि आदर्श गाउँपालिका वडा नं. १ बाँझकाकनीकी एक जना महिला पुर्बिचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको सिमानामा मृत भेटिएकी थिइन । उनको पनि मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ । सो घटना बारे प्रहरीको अनुसन्धान अन्तिम तिर पुगेको बताए पनि दोषीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छैन ।

Shaileshwori
Loading...