बाढीपहिरो पिडितलाई चाडैं राहत उपलब्ध गराइने छ : मुख्यमन्त्री भट्ट

किरण धामी, डोटी
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बाढीपहिरोबाट पिडितलाई चाडैं राहत उपलब्ध गराउने बताएका छन् । असोज ३१ गते देखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सुदुरपश्चिम प्रदेशमा भएको क्षति र राहत अनुगमनको क्रममा डोटी पुगेका मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् । आईतवार मुख्यमन्त्री भट्टसहितको सरकारी टोलीले सुदुर पश्चिम प्रदेशका बझाङ, बाजुरा र डोटी जिल्लामा बाढीपहिरो बाट क्षतिग्रस्त क्षेत्रको अनुगमन गरेको थियो ।

घाइतेहरुको उपचार, उद्धार, मृतको परिवारलाई राहत र अवरुद्ध सडक सञ्चालन गर्नमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्री भट्टले बताए । पुर्ननिर्माण तथा विकासका कार्यहरु तिनै तहका सरकारले संयुक्त रुपमा गर्नु पर्ने उनले बताए । विपतको बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएतले सराहनिय कार्य गरेको बन्दै धन्यबाद दिए । बाढी तथा पहिरो बाट बिस्तापितहरुको राहतको लागि प्रदेश सरकारले कानुन निर्माण गरेको र कानुन अनुसार राहत वितरण गरिने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताईन ।

Sayalb

वर्षातका कारण जिल्लामा १६ जनाको मृत्यु, १५ जना घाइते र एक जना बेपत्ता रहेका छन् । सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री भट्ट, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, भौतिक पुर्वाधार बिकास मन्त्री दिर्घ सोडारी,सभामुख अर्जुन थापा, राज्यमन्त्री मायाँ बोहरा तामाङ, प्रदेश सभा सदस्य भरत खड्का माओवादी केन्द्रका प्रदेश ईन्चार्ज खगराज भट्ट, एकिकृत समाजवादीका नेता भानुभक्त जोशी, प्रदेश उपाध्यक्ष हर्कबहादुर सिंह, प्रदेश सुरक्षा निकायका प्रमुखहरु उपस्थिती रहेको थियो ।

Shaileshwori
Loading...