कोईरेलीका पहिरो प्रभावितलाई माओवादी केन्द्र डोटीको सहयोग

मुलुक समाचार
दिपायल सिलगढी नगरपालिका वडा नं. ७ कोइरेलीका पहिरो पीडितलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले सहयोग हस्तान्तरण गरेको छ । कोईरेली गाउँका पहिरो प्रभावित ५३ परिवारलाई २५ त्रिपाल र २८ कम्बल हस्तान्तरण गरिएको माओवादी केन्द्र डोटीले जानकारी दिएको छ ।  माओवादी केन्द्रका डोटी इन्चार्ज शिवसिंह वली, प्रदेश कमिटी सदस्य खगेन्द्र साउद सहितका माओवादी केन्द्रका नेताहरूले राहत सामग्री हस्तान्तरण गरिएको हो ।
Sayalb
प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा राहत हस्तान्तरणका लागि माओवादी नेताहरू कोइरेली पुगेका हुन । कोइरेली लगायतका प्रभावित वस्तिहरू नै सार्नका लागि सरकारसँग माग गरेका छन् । बस्ती सार्नका लागी आफ्नो पार्टीको तर्फबाट आवश्यक पहल गर्ने माओवादी केन्द्रका डोटी इन्चार्ज शिव सिं ओलीले बताउनु भएको छ ।
सङ्कटमा परेको समयमा पार्टीको तर्फबाट थोरै सहयोग गरिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउद ‘केबी’ले बताएका छन् ।
Shaileshwori
Loading...