रडुवामा अवरुद्ध केआईसिंह राजमार्ग खुल्यो, साना सवारी सञ्चालनमा

डोटी, अछाम र बझाङ जोड्ने केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । गत साता ३ दिन सम्म परेको अविरल वर्षाका कारण पहिरो जाँदा राजमार्गको रडुवामा सडक अवरुद्ध रहेको थियो ।

अवरुद्ध सडक मर्मत गरिएपछि सोमवारदेखी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए । स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै अवरोध गरेका कारण मर्मतमा केही ढिलाई भएको बताउदै प्रमुख जिल्ला अधिकारी जोशीले स्थानीयसंगको समन्वय पछि सडक मर्मत थालिएको बताए । साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारी साधनलाई छोडिएको उनले बताए ।
एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरु पैदल कष्टकर यात्रा गर्न बाध्य थिए ।
