Before Header
After Navigation

सहमतिपछि आदर्श गाउँपालिकाका शिक्षकहरुले आन्दोलन स्थगित गरे

तेजु ओली/ डोटी
डोटीको आदर्श गाउँपालिकामा आन्दोलनरत शिक्षकहरुले आन्दोलन स्थगित गरेका छन् । विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुको तलब बढाउनु पर्ने सरकारको निर्णय पालना स्थानिय सरकारले नगरेकोे भन्दै कर्मचारीहरुले आन्दोलित भएका थिए । नेपाल शिक्षक महासंघ आदर्श गाँउपालीकाको नेतृत्वमा केहि दिन पहिला देखि सुरु भएको आन्दोलन आईतवार माग पुरा हुने भएपछि स्थगित गरिएको हो ।

Sagan sahari bhawan nirman aayojana

गाउँपालिका अध्यक्ष, महासंघ, संगठन प्रतिनिधि विद्यालय कर्मचारी, बालविकास सहजकर्ताहरुको संयुक्त बैठक बसी गाँउपालीका भित्रका विद्यालय कर्मचारी बाल विकास सहजकर्ताको तलब साउन एक गते देखि सरकारको मापदण्ड अनुसार पाउने भएको शिक्षक महासंघ आदर्श गाउँपालिकाका अध्यक्ष गणेश दाहालले जानकारी दिनुभएको छ । शिक्षकहरु मारमा परेको भन्दै उनिहरुको आन्दोलनलाई एकेबद्धता जनाउँदै गाउँपालिका शिक्षक महासंघ पनि आन्दोलित बनेको थियो ।

अन्य पालिकाहरुले सहमति पछि पारिश्रमिक बढाएको तर आदर्श गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका थिए । संघीय सरकारले निर्णय गरे बमोजिम स्थानीय सरकारका तर्फबाट प्रति व्यक्ति ७ हजार पारिश्रमिक बढाएर पाउने भएका छन ।

 

Shaileshwori
Loading...