सायलका बाढी पहिराे प्रभावित क्षेत्रमा माओवादी केन्द्रकाे टाेली

डोटी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीले असोज ३१ गते देखी ३ दिन सम्म परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट मृत्यु भएका सायल गाउँपालिकाका मृतकका परिवारलाई घरमै पुगेर सान्त्वना दिने कार्यक्रममा सम्पन्न गरेको छ । जिल्ला सचिवालय सदस्य बल बहादुर ओलि, जिल्ला सदस्यहरु तेजबहादुर डुम्रेल, डबल बहादुर सिंह, प्रकाश देउवा र सायल गाउँपालिका संगठन समिति अध्यक्ष डबल बहादुर साउद लगायतको टोलिले गाउँपालिकाका ६ ओटै वडामा पुगेर मृतकका परिवारलाई भेटेका हुन् ।
बाढी पहिरोमा परि सायल गाउँपालिकाका ६ जनाको मृत्यु हुनुका साथै केही व्यक्ति घाईते भएका थिए । हाल घाईतेहरुको धनगढी तथा काठमाडौँमा उपचार भइरहेको छ ।

बाढीपहिरोले सायलको जनजिवन ठप्प जस्तै भएकोले गाउँघर पुग्ने कार्यक्रम गरिएको नेकपा माओवादी केन्द्रका सायल संगठन कमिटी अध्यक्ष डबल साउदले बताए । बाढीपहिरोले सायल गाउँपालिकाको धेरै स्थानमा क्षति गरेकाले बाढीपहिरो पिडीतहरुलाई चाडैँ राहतको व्यवस्था गरिदिन सुदुरपश्चिम प्रदेश सरकार प्रशासनसँग माग माग गरिएको माओवादी केन्द्रका जिल्ला सदस्य तेजबहादुर डुम्रेलले बताए ।
वर्षापछि आएको बाढी पहिरोले गर्दा सायल ३ मा विद्युत सेवा समेत अवरुद्ध भएको छ । विद्युत सेवा सुचारु गर्नको लागि पनि विद्युत प्राधिकरणसँग समन्वय तथा पहल भईरहेको डबल बहादुर सिंहले बताए । राज्यको नजरबाट उपेक्षित भएकोले सायल सोचे जस्तो राहतबाट बंचित भएको माओवादी जिल्ला सचिवालय सदस्य बल बहादुर ओलिले बताए ।
