बिना बिल सामग्री बिक्री गर्दै डोटीका अधिकांश व्यापारी 

डोटीका धेरै जसो व्यापारीले बिना बिल सामग्री बिक्री गरेको पाईएको छ । दिपावलीको अवसर पारेर जिल्लाको प्रमुख व्यापारीक केन्द्र पिपल्ला बजारमा आज दिपायल सिलगढी नगरपालिकाले गरेको अनुगमनमा यस्तो पत्ता लागेको हो । नगरपालिकाका सामाजिक समयसीमा म्याद गुर्जिएको खाद्य सामग्री तथा औषधीहरुमा कालोबजारी गर्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै नगरपालिकाले हिजोदेखि अनुगमन सुरु गरेको छ ।

Sayalb

टोलीले हिजो जिल्ला सदरमुकाम सिलगढी र आज पिपल्ला बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा धेरै व्यावसायिहरुले केही मापदण्ड पुरा नगरि नै व्यापार सञ्चालन नगरेको पाईएको संयोजक जोशीले बताए । केही पसलहरुबाट म्याद नाघेका सामग्री समेत बरामद गरिएको छ । कतिपय मासु पसल तथा होटलहरुमा सरसफाई न्युन देखिएको पनि उनले बताए ।

अनुगमन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत जोशी, महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बू, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख ललित कठायत, घरेलुु तथा साना उद्योग विकास कार्यालयका प्रमुख दिपेन्द्र शाहु, उद्योग वाणिज्य संघका लक्ष्मि श्रेष्ठ, दिपायल सिलगढी स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, इलाका प्रहरी कार्यालय डोटीका प्रतिनिधि, भातृका आचार्य, पत्रकार लगायतका सहभागी थिए ।

Shaileshwori
Loading...