डोटीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु
![](https://muluknews.com/wp-content/uploads/2023/06/swasthy-doti.jpg.webp)
डोटीमा मोटरसाईकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ७ सेटीगाउँकी ६५ वर्षीया कृष्णा देवि कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएकी कार्कीलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल ल्याईएको र त्यहा उपचार सम्भब नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरिक्षक रबिन्द्र चन्दले बताए ।
![Sayalb](https://muluknews.com/wp-content/uploads/2024/05/sayalb.jpeg)
कार्कीलाई दिपायल बाट डडेल्धुरा जादै गरेको २५ वर्षीय धुर्ब कठायतले चलाएको लु ६५ प १५२० नम्बरको मोटरसाईकलले के.आई.सिंहराजमार्ग अन्तर्गत शिखर नगरपालिका–८ गोपघाटमा बुधवार दिउँसो करिब १ ठक्कर दिएको थियो । दिपायल सिलगढी नगरपालिका २ पुन्यपाटाका मोटरसाईकल चालक कडायत र मोटरसाईकललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
![Shaileshwori](https://muluknews.com/wp-content/uploads/2022/09/saileshwori.gif)