पालिका स्थरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

नारद नेपाली /डोटी
महिला हिंसा तथा छाउपडी प्रथा विरूद्घ कर्तव्य बाहकक तथा सरोकारवाल निकाय बिच पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बिच “संस्थागत विकासको माध्यमद्वारा महिलको न्यायमा पहुँच परियोजना अन्तर” सेती रिफ्लेक्ट सर्कल समूह पिपल्लाको आयोजनामा युएनओम्यानको सहयोगमा समविकास केन्द्र ईडीसि नेपाल र ल्याक नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा सरोकारवाला निकायसँग छाउपडी प्रथाले समाजमा पुगाउने हानिकारक तत्वका विषयमा छलफल भएको थियो । छाउपडी प्रथा उन्मुलन निर्देशिका २०६४, लौङिक समानता तथा सामाजिक समावेसिकरण २०६६ नेपालको संविधान २०७२ को भाग ३, सामाजिक न्याको अधिकार सहित मुलुकि देवानि संहिता ऐन २०७४ मा छाउपडी प्रथा अपराध गरेमा ३ बर्ष कैद र ३ हजार जरिवाना सहितको व्यावस्था भएको भए पनि कागजमा मात्र सिमित रहेको कार्यक्रम संयोजक केशब परियारले जानकारि दिनु भएको छ ।

Sayalb

छाउपडी प्रथाले गर्दा महिनावारीको बेला छाउगोठमा बस्दा सर्पको टोकाईबाट मर्नु पर्ने, बलात्कारका घटना बढ्ने, स्वास्थ्य शिक्षा लागत क्षेत्रमा समेत बाधा पुगाएको र महिलाहरु महिलाबाट नै हेपिनु परेको छ । यसको अन्त्य गर्न सबै महिला एकजुट भएर जानू पर्ने कार्यक्रममा सहभागी गिता नेपालीले बताउनस भयो । दिपायल सिलगडी नगर पलिकाले छाउपडी प्रथा अन्त्य गर्न एक पिडीको सखाप हुनु पर्ने देखिन्छ । यश प्रथालाई अन्त्य गर्न नगरपलिकाले कार्यविधि ल्याएको र यश कार्यबिधिमा रहेर काम गरिरहेको कार्यक्रमको प्रमुख अथितिको आसन बाट बोल्दै दिपायल सिलगडी नगर पालीकाकाका उपप्रमुख सिबराज खड्काले बताउनु भयो ।

दिपाएल सिलगढी नगरपलिका वडा नम्बर ४ को सेती रिफ्लेटर समसहका अध्यक्ष दुर्गा बिकको अध्यक्कतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति दिपायल सिलगडी नगर पालीका उपप्रमुख शिबराज खाड्का, चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र साउद, ईलाका प्रहरीका पमुख, महिला सञ्जाल, युवा समूह, समासेबि पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

Shaileshwori
Loading...