अनेरास्ववियु क्रान्तिकारी डोटीले जित्यो दशै तिहार कप

डोटी : अनेरास्ववियु क्रान्तिकारी डोटीले दशै तिहार कप २०७८ जितेको छ । शैलेश्वरी युवा क्लबले सिलगढी स्थित टुडिखेलमा आयोजना गरेको दशै तिहार क्रिकेट टुर्नामेन्ट कपमा वानेडुग्रीसैनलाई ७ विकेटले पराजित गर्दै क्रान्तिकारीले जित हासिल गरेको हो । जितसँगै क्रान्तिकारीले नगद रु ३० हजार तीन सय ३३ सहित ट्रफी पाएको छ भने वानेडुग्रीसैनले रु १० हजारमा चित्त बुझाएको छ ।

Sayalb

समापन कार्यक्रममा पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घ बोगटी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दान बहादुर मल्ल, जिल्ला खेलकुद समिति डोटीका उपाध्यक्ष गणेश बम लगायतको सहभागीता रहेको थियो ।

Shaileshwori
Loading...