कृषि पेसामा जमेका डोटीका खेमराज पाठक

तेजु ओली/ डोटी
डोटीको आदर्श गाँउपालीकाको कृषि शाखामा कार्यारत खेमराज पाठकले गाउँमै बिउ तथा बेमौसमी फलफुल उत्पादन गर्ने गरेका छन । उनि कार्यालय बाहेकको समयमा आफ्नै बगैचामा व्यस्त रहन्छन् । वडा नम्बर ३ ऐलि गाउँमा जन्मेका पाठक आफ्नै बगैंचामा बिभिन्न प्रजातिका फलफुलका बिउ उत्पादन गरी कृर्षी पेसा तर्फ स्थानीयलाइ जागरुक गराउन लागिरहेका छन् । घर नजिकैको बाजो ४० रोपनी जमिनमा ड्वाणी बहुउदेश्यीय पशुपालन कृर्षी स्रोत केन्द्र नेपाल नामक फर्म संञचालन गरेर बार्षीक पाँच लाख भन्दा बढी आम्दानी गर्ने गरेको उनि बताउछन् ।

अहीले उनको फर्ममा घाँसपात र विभिन्न फलफुल फलेर लटरम्म भएका देख्न सकिन्छ । पानिको अभावले सुख्खा जस्तै देखिने डाँडामा ढकमक्क फुल र हरियालि बनेको छ । डोटीका अन्य क्षेत्रमा कृषिको प्रचुर सम्भावना रहेकाले यसैबाट आर्थिक समृद्धी गर्न सक्ने उनको भनाइ छ । आफै कृषि प्राविधिक भएकाले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गरेर रोजगारी गाउमै सृजना गर्न सक्ने उनि बताउछन् ।

Sayalb

कयौँ युवा रोजगारी नपाएर भारत तथा तेस्रो मुलुकमा जाने परीपाटीलाइ अनत्य गर्ने हो भने कृर्षीमा लाग्नु पर्ने बताउछन् । बर्ष भरी खेतिपातीको काम गरेर खानलाइ नपुग्ने समस्या संग लडनको लागी आधुनीक प्रबिधी भित्र्याउनु पर्ने देखिन्छ । आफ्नै घर, खेतबारी तथा वन जङ्गलमा पाइने तीतो, पीरो, अमिलो वनस्पति टुक्रा पारी गोबर, गहुँत, बाट मल बनाएर बाजो जमिनमा प्रयोग गर्ने हो भने यतै केहि गर्न सकिन्छ भन्ने पाठक उदाहरण बनेका छन ।

यस्ता रचनात्मक कार्यक्रम अन्य किसानले पनी गर्ने हो भने किसानको आयआर्जनमा वृद्धि गर्न सकिने देखिन्छ ।

Shaileshwori
Loading...