डोटीका डिएसपी मल्लको सरुवा, अब भोला कुमार भट्ट आउने
नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा

डोटी : जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लको सरुवा नेपाल प्रहरी विशेष सुरक्षा गण सर्खेतमा भएको छ। उनको ठाउँमा अब डोटीमा भोला कुमार भट्ट आउने भएका छन्। उनी इलाका प्रहरी कार्यालय नवलपुर, पुर्वि नवलपरासीमा कार्यरत छन्।

यो सँगै नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले विहीबारको निर्णय अनुसार सरुवा गरेको हो ।
कुन डिएसपीको कहाँ सरुवा भयो सूचि :
