Before Header
After Navigation

आजदेखि देशभर जनगणना सुरु

डोटी-डोटी जिल्ला सहित नेपालमा जनगणना कार्य आज बाट थालनी भएको छ ।

“मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८” भन्ने मुल नाराका साथ देशै भर जनगणना हुन थालेको हो। आज बाट सुरु भएको जनगणना कार्य मंसिर ९ गतेसम्म सञ्चालन हुने केन्द्रीय तथ्यांक बिभागले जनाएको छ। यसपालिको गणना बाह्रौं जनगणना हो ।

गणकहरूलाई परेका समस्यामा सहजीकरण गरि सूचीकरण गरेको क्षेत्रमा खटाएका गणकहरूबाट तोकिएको समयमा गणना सकाउने पहिलो दायित्व सुपरिवेक्षकको भएकोले गणकहरूको कार्यको नियमित सुपरिवेक्षण गर्न जिल्ला जनगणना कार्यालय डोटीले आग्रह गरेको छ।

Sagan sahari bhawan nirman aayojana

गणक तथा सुपरिवेक्षकले सत्यतथ्य विवरण ल्याउनका लागि गणना गर्न जादा व्यक्तिको भावना बुझेर मात्र प्रश्न गर्नु पर्ने र सके सम्म स्थानीय स्तरमा बोलिने भाषाको प्रयोग गर्न जनगणना कार्यलय डोटीका सहायक प्रमुख नेत्र राज जोशिले बताउनुभयो ।

जोशिका अनुसार आदर्श गाउँपालिकामा ३४ गणक नौं सुपरिवेक्षक, शिखर नगरपालिकामा ४१ गणक दश सुपरिवेक्षक, बोगटान फुड्सिल गाउँपालिकामा २३ गणक ६ सुपरिवेक्षक, के आई सिंह गाउँपालिकामा २९ गणक ७ सुपरिवेक्षक, बड्डिकेदार गाउँपालिकामा २० गणक पाँच सुपरिवेक्षक,जोरायल गाउँपालिकामा २६ गणक सात सुपरिवेक्षक, पुर्बीचौकी गाउँपालिकामा ३४ गणक नौं सुपरिवेक्षक, सायल गाउँपालिकामा २५ गणक ६ सुपरिवेक्षक र दिपायल सिलगढी नगरपालिकामा ६६ गणक १६ सुपरिवेक्षक गरि जम्मा २ सय ९८ गणक र ७६ सुपरिवेक्षक खटाइएका छन् ।

स्थानीय तह अनुसार सबै भन्दा वढी दिपायल सिलगढी नगरपालिकामा ६६ गणक र १६ सुपरिवेक्षक छन भने सबैभन्दा कम बड्डिकेदार गाउँपालिकामा २० गणक पाँच सुपरिवेक्षक रहेका छन्।

जिल्लाको बिभिन्न स्थानमा चार वटा जनगणना कार्यलय स्थापना गरिएको जनगणना कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...