Before Header
After Navigation

जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। लामो समयदेखि कर्मचारीको दरबन्दी रिक्त रहे पनि सरकारले समयमै कर्मचारी नपठाउँदा सेवाग्राहीलाई समस्या भएको हो। नागरिकता लगायतका महत्त्वपूर्ण कामका लागि अधिकृत स्तरका कर्मचारीको हस्ताक्षर चाहिने भएकोले यस्तो समस्या भोग्नु परेको सेवा ग्राहिको गुनासो छ ।

Sagan sahari bhawan nirman aayojana

सरकारले प्रसासकिय अधिकृतहरु हालसम्म नपठाएको प्रमुख जिल्ला अधिकारी संकर बिष्टले जानकारी दिनुभयो ।
जिल्ला प्रशासनको समस्याका बारेमा मन्त्रालय र विभागमा पटक–पटक समस्या दर्शाउँदा पनि कसैले चासो नदेखाएका कारण जिल्लाको समस्या उस्तै रहेको प्रमुख जिल्ला अधिकारी विष्टले गुनासो गरे।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रभावमा दिनहुँ समस्या हुँदै आएको उनले बताए। नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड थेगिनसक्नु छ, हामीसँग कर्मचारी अभाव छ, सेवा पवाहमा समस्या हुँदै आएको छ बिस्टले बताए ।

Shaileshwori
Loading...