एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन डोटीको दोस्रो जिल्ला परिषद सम्पन्न

डोटी : एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन (युएएनटिओ) डोटीको दोस्रो जिल्ला परिषद सम्पन्न भएको छ । दिपायल स्थित होटल वर्षामा एक समारोहका बिच सनिवार जिल्ला परिषद सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष राम ऐरले पेशे वार्षिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन पारित भएको छ । सहभागि शिक्षकहरुले शिक्षकका विभिन्न समस्याहरु रहेको भए पनि सम्बोधन नभएको बताएका थिए । माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एवंम बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाको प्रमुख आतिथ्यततामा सुरु भएको कार्यक्रमको अध्यक्षमा एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन डोटीका अध्यक्ष राम ऐर रहेका थिए ।

Sayalb

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य खगेन्द्र साउद (केवि) जिल्ला सदस्य तेजबहादुर डुम्रेल, प्रेस सेन्टर डोटीका संयोजक कर्ण चन्द, विद्यार्थी नेता गणेशबहादुर बम कार्यक्रमका अतिथि थिए । कार्यक्रममा स्थानीय तहका पदाधिकारी, शिक्षक महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी लगायत सङ्गठनमा आबद्ध र आस्थावान करिब ३ दर्जनभन्दा बढीको सहभागीता भएको थियो ।

Shaileshwori
Loading...