बेमौसमी वर्षाका कारण डोटीका एकल महिला प्रत्यक्ष प्रभावित

तेजु ओली /डोटी
कार्तिक अन्तिम साता परेको बेमौसमी वर्षाका कारण प्रत्यक्ष प्रभाब एकल महिलामा परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । बर्षाका कारण जिल्लामा धनजन क्षति भएको थियो । एकल महिलाका बिभिन्न समस्या रहेका तर स्थानीय तहले अझै अपनत्व हुने गरी बजेट बिनियोजन नगरेकोले आयआर्जन तिर जोडन नसकेको बताउदै कतिपय एकल महिलालाई दैनिक जिबिका चलाउन समेत अपठ्यारो भएको मानवअधिकारको लागि महिला एकल महिला डोटीका संयोजक लक्ष्मी देउवा बमले बताईन ।

आज जिल्ला सदरमुकाम सिलगढीमा आयोजित पत्रकार संग अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएकी हुन् । मानव अधिकारको लागि महिला एकल महिला समुह सिलगढीको आयोजना र ओमनकाइन्ड वल्डवाइडको सहयोगमा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता बिषयमा पत्रकारहरू संग त्रैमासीक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । संस्थाको कार्य क्षेत्र रहेको पुर्बीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा एकल महिलाको तथ्याङ्क लिएर काम गरिरहेको छ

Sayalb

। पुर्बीचौकी गाउँपालिकामा १ हजर ६८ जना र दिपायल सिलगढी नगरपालिकामा १ हजार १ सय ६५ जना ६० बर्ष सम्मका रहेको संस्थाको तथ्याङ्क छ । महिलाको क्षमता अभिबृद्दी गर्नको लागि विशेष जोड दिनु पर्ने, स्थानीय तहहरुले महिला लक्षित मात्र नभएर एकल महिला लाइ प्रथमिकता दिएर काम गर्नु पर्ने, प्रसस्त बजेट बिनियोजन गरेर आयआर्जन तिर जोडनु पर्ने पत्रकारले बताए ।

संस्थाको कार्यक्रम राम्रो रहेकोले अन्य तहमा पनि बिस्तार गर्नु पर्ने सहभागीले बताएका थिए । कार्यक्रम लागू भएका स्थानीय तहका सबै वडामा समूह गठन गरि काम गरिरहेको छ। आगामी दिनमा एकल महिला, महिला हिंसा घरायसी हिंसा बालविवाह जस्ता समुदायमा घट्ने घटनाहरूलाई घटन नदिन सबै संग समन्वय गरेर जाने संयोजक देउवा ले बताउनुभयो ।

Shaileshwori
Loading...