जोरायल गाउँपालिकामा स्मार्टपालिका सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

डोटी : डोटीको जोरायल गाउँपालिका २ बुडरमा मोवाईल एप (स्मार्टपालिका) सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पनन भएको छ । परिवर्तन परियोजनाको आर्थिक सहयोग र सम विकास केन्द्र (इडिसी) को प्राविधिक सहयोगमा सोमवार कार्यक्रम सम्पन्न भएको हो ।

Sayalb

जोरायल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर मल्लको अध्यक्षतामा सम्पनन भएको कार्यक्रममा माओवादि केन्द्र जोरायल गाउँपालिका इन्चार्ज नन्दलाल बिक, एमाले जोरायल गाउँपालिका  गाऊ कमिटी अध्यक्ष तीर्थ भण्डारि, नेपाली काँग्रेस जोरायल गाउँपालिका २ का वडा सभापति राम दत्त भट्टराई, एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी सदस्य कृण दर्लामी, सुरक्षाकर्मी  लगायत ३० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन ईडीसी डोटीका सूचना अधिकारी पदम मिजार र सहजकर्ता तारा बिकले गरेका थिए ।

Shaileshwori
Loading...