प्रेमसागर कर्मचार्यले गरे डोटी पुगेर १६८ औँ रक्तदान

तेजु ओली, डोटी

रक्तदाता प्रेमसागर कर्मचार्यले डोटी पुगेर १६८ औँ पटकको रक्तदान गरेका छन् । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य बोकेर उनले देशभर रक्तदानको अभियान चलाइरहेका छन् ।

आइतबार जिल्ला सदरमुकाम सिलगढी सगरमाथा स्वास्थय प्रतिष्ठान डोटी,हेल्थ केयर नेपाल र डोटेली समाज काठमाण्डौं को संयुक्त आयोजनामा दन्त सेविर सन्चालनको उदघाटन समारोहमा अभियन्ता कर्मचार्यले १६८औँ पटक रक्तदान गरेका हुन् ।

Sayalb

उपत्यकाभन्दा बाहिरका जिल्लामा बसोवास गर्ने नागरिकमा रक्तदान गर्ने उत्साहमा वृद्धि होस् र कुनै पनि बिरामी रगत अभावकै कारणले मर्नु नपरोस् भन्दै आफूले यो अभियान चलाइरहेको कर्मचार्य बताएका छन । कसैको ज्यान बचाउन र पुन्य कमाउने सबैभन्दा ठूलो दान नै रक्तदान हो भन्ने भावना सबै मानवसमक्ष पुग्न सकेको छैन, त्यसैले यो कार्य लाइ उच्च सम्मान गरेको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताउनुभयो।


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा सबैभन्दा बढीपटक रक्तदान गर्ने रक्तदान अभियन्ता प्रेमसागर कर्माचार्यलाई सार्वजनिक अभिनन्दन गरिएको छ । डोटेलि समाज काठमाण्डौं का संरक्षक प्रेम संकर भट्ट, दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी, अन्य स्थानिय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्ता को बिचमा अभिनन्दन गरेको थियो।

सोहि कार्यक्रममा सुदुरपश्चिम प्रदेश का सांसद भरत खड्काको प्रमुख आतिथ्यता , सगरमाथा स्वास्थ्य प्रतिष्ठान का अध्यक्ष दिपक महराको अध्यक्षतामा स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई खादा ओडाएर सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्तिक २८ गते देखि जिल्ला अस्पताल डोटी मा सगरमाथा स्वास्थय प्रतिष्ठान डोटी, हेल्थ केयर नेपाल र डोटेली समाज काठमाण्डौं को संयुक्त आयोजनामा दन्त सेविर सन्चालन भैरहेको ले सम्पुर्ण दात सम्बन्धीका बिरामिलाइ सिविरबाट स्वास्थ्य लाभ संस्था का संरक्षक प्रेम संकर भट्ट ले बताउनुभयो। उक्त सिबिर मंसिर १ गते सम्म संचालन हुने छ । आजै जिल्ला का बिभिन्न स्थानिय तहलाइ २८ वटा अक्सिजन कन्सलटेडर बितरण गरेको छ ।

Shaileshwori
Loading...