पर्यटन मन्त्री आले बडिकेदार दर्शन गर्न आउँदै

डोटी : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले डोटी आउने भएका छन् । बुधवार एक दिन मन्त्री आले जिल्लाको धार्मिक तिर्थस्थल बडिकेदारमा हुने ठुलाकेदारको पूजा तथा मेलामा सहभागी हुन डोटी आउन लागेका हुन् । मन्त्रि आले हेलिकप्टर मार्फत बुधवार दिउँसो १२ बजे डोटी पुग्ने कार्यक्रम रहेको उनका प्रमुख स्वकिय सचिब हेमन्त रेग्मीले बताए ।

Sayalb

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर प्रसिद्ध बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बीचमा रहेको छ ।

अन्य देवी देवताको मन्दिरमा भन्दा बडीकेदार बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्राय जसो सन्तान प्राप्त नभएका अधिकाँश महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन । पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरु आउन थालेका छन ।

Shaileshwori
Loading...