वास्तविक पीडितले न्याय पाउनुपर्ने कुरामा जोड

गणेश मौनी, डोटी
कात्तिक,  ३०
बालबिबाह, बहुबिबाह, महिलाहिंसा लगाएका विभिन्न घटनाका सवालमा बास्तबीक पीडीतले राहात पाउनु पर्ने कुरामा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । मानब अधिकारका लागि महिला एकल महिला समुह डोटीले जिल्ला सदरमुकाम सिलगढीमा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता परियोजना अन्र्तगत आयोजना गरेको महिला सम्बन्धी काम गर्ने संघ संस्थाहरुसंगको त्रैमासिक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका सहभागिहरुले पछील्लो समयमा विभिन्न संघ संस्थाले महिला सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्दा महिलाहरुमा चेतना अभिबृद्धी हुदाँ महिला हिसांका घटना उजुरीको संख्यामा पनि बृद्धी भएको छ तर पछील्लो समयमा बास्तबीक पीडीतले राहात तथा न्याय पाउने सवालमा बिभेद हुने गरेको गुनासो गरे । पछील्लो समयमा महिला सम्बन्धी घटना हुदाँ राजनितीक रुपमा बिभेद हुने, जनप्रतिनिधीहरु पनि न्याय भन्दा आफ्नो मान्छेलाई हेर्ने गर्दा बास्तबीक पीडीतले न्याय पाउन नसक्नु दुखद भएको बताए ।

Sagan sahari bhawan nirman aayojana

महिला संग सम्बन्धीत विभिन्न घटनाहरुमा जो सुकै निकाएले पनि समान ब्यवहार गर्नुपर्ने गैरसरकारी संस्था महासंघ डोटीमा उपाध्यक्ष लाल बहादुर बीकले बताए । उनले महिला सम्बन्धी उजुरीका घटनाहरुमा बास्तबीक पीडीतलाई न्याय दिन आफुले पनि पहल गर्ने बताए । पछील्लो समयमा सरकारले एकल महिला, सिमान्तकृत महिलाहरुका लागि विभिन्न प्रकारका सेवा सुबीधाको ब्यवस्था गरेपनि सबै ब्यवस्थाको बारेमा सबैलाई जानकारी हुन नसक्नु दुभाग्य रहेको बताए । यस बिषयमा सरकार र गैरसरकारी संस्थाको ध्यान जानुपर्ने बताए । १६ दिने महिला हिंसा सम्बन्धीका कार्यक्रम जिल्लामा रहेका सबै संघ संस्थाहरु मिलेर संयुक्त रुपमा गनुपर्ने समेत सहभागिहरुले जोड दिएका थिए ।

मानब अधिकारका लागि महिला एकल महिला समुह डोटीले डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता परियोजना संचालन गरिरहेको छ । परियोजना अन्र्तगत संस्थाले दुबै पालिकाका महिलाहरुलाई कोभिड संक्रमणको समयमा राहात सहयोग, उद्यमशिलता सम्बन्धी तालिम दिनुका साथै जनप्रतिनिधी महिला र एकल महिलाका समुहहरु गठन गरि विभिनन कार्यक्रमहरु संचालन गरिरहेको क परियोजना अधिकृत लक्ष्मी देउवा बमले बताईन् ।

Shaileshwori
Loading...