आजबाट घट्यो विद्युत महशुल, २० युनिटसम्म निशुल्क

विद्युत नियमन आयोगले घोषणा गरेको नयाँ विद्युत उपभोक्ता महशुल दर आजबाट लागू भएको छ ।

Sayalb

गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी गत कार्तिक १० गते सार्वजनिक गरिएको नयाँ महशुल दर आजबाट लागू भएको हो ।आयोगका अनुसार, नयाँ महशुल दर यस महिनाको विद्युत खपतका आधारमा पुस महिनामा बिलमा उल्लेख हुनेछ ।नयाँ महशुलअनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क निःशुल्क गरिएको छ । यस्तै न्यूनतम शुल्क मासिक ३० रूपैयाँ मात्रै तोकिएको छ ।

आयोगले गार्हस्थ्यस्तरमा विद्युत उपभोग बढाउनका लागि मूल्य निर्धारण गरेको हो । विद्युतको उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महशुलमा औसत २।८४ प्रतिशतले घटाइएको आयोगले जनाएको छ ।नयाँ महशुल दरअनुसार, सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रूपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रूपैयाँ तिर्नुपर्ने छ ।

सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रूपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रूपैयाँ कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटार्ई प्रतियुनिट ९।५० रूपैयाँ कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रूपैयाँ घटाई प्रतियुनिट ११ रूपैयाँ कायम गरिएको छ ।मुलुकमा हाल विद्युत ग्राहक संख्या ४९ लाख ८९ हजार ४९४ रहेको छ ।जसमा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको संख्या १९ लाख ८६ हजार ५०७ छ ।

Shaileshwori
Loading...