मुख्यमन्त्री भट्टले गरे रामपूर विद्यालयको भवनको शिलान्यास
शिव ओली, डोटी
सुदुर पश्चिम प्रदेसका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको जोराायल गाउँपालिकामा एक विद्यालय भवनको शिलान्यास गर्नुभएको छ । शनिवार एक कार्यक्रमका बिच मुख्यमन्त्री भट्टले गाउँपालिकाको वडा नम्बर २ मा रहेको श्री रामापूर नमुना माद्यामिक विद्यालय बुडरको ८० लाख बराबरको भबनको शिलान्यास गर्नु भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले आजको आबस्यकता भनेको शिक्षा र रोजगारी भएको बताउनु भयो । प्रदेश सरकारको प्रथमिकतामा पनि शिक्षा र रोजगारी नै भएको बताउदै कतिपय योजना सम्पन्न भैसकेको र कति कार्यान्वयनका क्रममा रहेको बताउनु भयो । बाँकी रहेका कार्यहरु पनि बाँकी रहेका समयमा सम्पन्न गर्ने उहाँले बताउनु भयो ।
यसैबिच नेकपा माओबादी केन्द्र जोरायल गाउँपालिका वाड न १ र २ को वडा अधिबेशनको मुख्यमन्त्री भट्टले उद्धघाटन गर्नुभएको छ । वडा नम्बर १ र २ को वार्ड अधिबेसनमा वडा नं. १ बाट दिनेश पुन मगरको अध्यक्षतामा २७ सदस्यीय वडा नम्बर २ बाट पदम बिक सहित २९ सदस्यीय वाड कमीटी चयन गरीएको छ ।
पदम बहादुर बिकको अध्यक्षतमा सम्पन्न कार्यक्रममा मुख्य मन्त्रीका स्वोपकय सचिब तथा नेकपा मओबादी केन्द्र डोटीका ईन्चार्ज शिब सिंह ओली प्रदेस कमीटी सदश्य छपी ओली, माओबादी केन्द्र डोटीका जिल्ला कमीटी सदस्य नन्द लाल बिकको सहभागीता रहेको थियो । गगन बिकको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रम्मा माओबादीका करीब ३५० जना सहभागी थिए ।