के.आई.सिंहमा कम्युनिष्ट किल्ला गाड्छ : प्रख्यात

डोटी : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटी जिल्ला कार्यालय सदस्य, मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव प्रेम कुवर प्रख्यातले के. आई. सिंह गाउँपालिकाको अगामी स्थानिय चुनावमा कम्युनिस्टको किल्ला गाड्ने बतएका छन । शनिवार के.आई.सिंह गाउँपालिका—६ को वडा संगठन कमिटीले सलेनामा आयोजना वडा सम्मेलनमा बोल्दै प्रख्यातले जसको नीति उसैको नेतृत्व हुनु पर्ने बताएका थिए । संघियता, समानुपातिक, लगाएतका स्थानिय सरकार माओवादी केन्द्रको एजेन्डा भएकोले अब काङ्ग्रेसको हात बाट जनताको बिकास र समृद्धि नहुने बताएका हुन ।

उक्त कार्यक्रममा माओवादी केन्द्र क्षेत्रीय संयोजक महेश्वर भाट, गाउँपालिका अध्यक्ष दिलिप कठायत, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश जोशी लगाएतका नेता कार्यक्रताको बाक्लो उपस्थिति रहेका थियो ।
यसैबिच के.आई.सिंह गाउँपालिका सबै वडाहरुमा वडा कमिटी सर्व सम्मतिबाट चयन गठन गरिएका छन् । गाउँपालिकाको वडा नम्बर ६ मा जगत बलायरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्ब सम्मत गठन भएको छ । वडा नम्बर १ मा महेन्द्र बिक, वडा नम्बर २ मा लाल भुल, वडा नम्बर ३ मा जय बिक, वडा नम्बर ४ मा राम सिंह बिक, वडा नम्बर ५ इस्वरे लुहार र वडा नम्बर ७ मा डवल भण्डारीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ ।
