प्रेस सेन्टर नेपाल डोटीको अध्यक्षमा रोजेन्द्र जोशी

 डोटी : प्रेस सेन्टर नेपाल डोटीको अध्यक्षमा रोजेन्द्र जोशी चयन भएका छन् । शुक्रवार जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको सभाहलमा भएको दोस्रो जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा टेक बहादुर साउद, समावेशी उपाध्यक्षमा लक्ष्मि खड्का बम, सचिवमा किरण धामी, सहसचिवमा तिर्थ नेपाली र शेर बहादुर भुल, कोषाध्यक्षमा डबल बम चयन भएका छन् । सदस्यहरुमा महेन्द्र बम, अस्मिता विश्वकर्मा, निर्मला बम, सिता महता, सुशिला पन्त, कमला कुँवर, बिरेन्द्र बम, भरत बम, नरेन्द्र बिक र चन्द्रा राई चयन भएका छन् ।

Sayalb

त्यस्तै, केन्द्रका लागि भरत बोहरा, लोकेन्द्र अधिकारी र प्रदेशका लागि कर्ण चन्द, महेन्द्र बम र अस्मिता बिश्वकर्मालाइ सिफारिस गरेको छ ।

सम्मेलनमा सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्ट, प्रेस सेन्टर नेपाल सुदुर पश्चिम प्रदेश इन्चार्ज राम सिंह ठगुन्ना, लगायतको उपश्थिति रहेको थियो ।

Shaileshwori
Loading...